नातिनी बलात्कार गर्ने ९ वर्ष जेलमा
खोटाङ, ६ वैशाख जिल्ला अदालत खोटाङले नातिनीलाइ बलात्कार गर्ने हजुरबालाई ९ वर्ष कैद सजाय तोकेको छ ।
आफ्नै १५ वर्षीया नातिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय हजुरबुवालाई जिल्ला अदालतले ९ वर्ष कैंद र ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।
गएको असार २ गते बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालतले कैद तथा जरिवानाको सुजाय सुनाएको हो ।
