नारायणगढ–मुग्लिन सडकखण्डमा बर्षात अघिनै पहिरो रोक्ने प्रयास सुरु

Share it with you friends

चितवन, २९ चैत । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ ।

पहिरोको जोखिम रहेको ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेको छ । जोखिम कम गर्न दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिने संरचना निर्माणे, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक मेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, वायो इञ्जिनियरिङ लगायतका काम शुरु गरिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकका १८ ठाउँमा पहिरोको उच्च जोखिम रहेको छ । तीमध्ये अति नै संवेदनशील रहेका छ ठाउँमा शुरुमा काम गरिने छ । पानी परेपछि काम गर्न नमिल्ने भएकाले वर्षात् अघि नै काम सक्ने गरी काम गरिने खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *