नुवाकोटमा बसले किच्दा एक बालकको ज्यान गयो, चालकलाई स्थानीयद्धारा कुटपिट

Share it with you friends

२९ असोज २०७६, बुधबार ।

बुधबार दिउँसो गाडीले किच्दा नुवाकोटमा एक जना बालकको ज्यान गएको छ । बट्टार बजारमा गाडीले किच्दा तारकेश्वर गाउँपालिका ५, गोर्स्याङ घर भएका ११ वर्षीय बालक युनिक तामाङको ज्यान गएको हो ।

केरुङ यातायात प्रा.लि. को बा ४ ख ७५०४ नम्बरको बसले किच्दा बालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले जानकारी दिनुभयो ।

बालकलाई किचेर भाग्न खोजेको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर तोडफोड गरेका छन् । बसका चालक विदुर नगरपालिका ७, तुप्चेका राउता तामाङलाई स्थानीयले कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भिड तितरबितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *