नेपालमा दैनिक २५ देखि ३० भूकम्पका पराकम्प, कुन जिल्लामा धेरै जान्छ भूकम्प ?

Share it with you friends

काठमाडौं  । नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो ।

गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला ४९१ पराकम्प रहेका छन् ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, दोलखालगायतका जिल्लामा धेरै भूकम्प तथा पराकम्प जाने गरेको बताए ।

हाल नेपालमा काठमाडौं र सुर्खेत केन्द्रका २१ स्टेशनबाट भूकम्पमापन हुँदै आएको छ ।

केन्द्रका प्रमुख अधिकारीले २०७२ वैशाख १२ भन्दा अगाडि जाने भूकम्पको तुलनामा अहिले जाने भूकम्पमा पाँच गुणा वृद्धि भएको जानकारी दिए ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *