प्रदेश नं ४ को मन्त्रिपरिषद्ले पूर्णता पायो, हेर्नुहोस् मन्त्रीहरुको सूची

Share it with you friends

पोखरा  । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

पुनःगठित एवं विस्तारित मन्त्रिपरिषद्मा पृथ्वीसुब्वा गुरुङ मुख्यमन्त्री, किरण गुरुङ आर्थिक मामिला तथा योजनामन्त्री, हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री, रामशरण बस्नेत भौतिक पूर्वाधार विकासमन्त्री, नरदेवी पुन सामाजिक विकासमन्त्री, विकास लम्साल उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री र लेखबहादुर थापा भूमिसुधार तथा व्यवस्थामन्त्री रहनुभएको छ ।

प्रदेश प्रमुख बाबुराम कुँवरले नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभयो । तेस्रो पटक गरिएको मन्त्रिपरिषद् पुर्नःगठन एवम् विस्तारसँगै प्रदेश नं ४ को मन्त्रिपरिषद्ले पूर्र्णता पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *