बलात्कारबाट जोगिन स्तनमा तातो ढुंगा
एजेन्सी । बलात्कार आफैमा अपराध हो । बलात्कारबाट महिला पीडित हुनु त छँदै छ, अफ्रिकाको एउटा वस्तीमा बलात्कारबाट बचाउनका लागि किशोरीहरुको छातीमा तातो ढुंगाले डाम्ने गरिन्छ ।
केहि अफ्रिकी जनजातिमा संभावित बलात्कारको भयबाट बच्न डरलाग्दो परम्परालाई अपनाइएको छ । आफ्नो हुर्कदो उमेरका छोरीहरुलाई अरु पुरुषले बलात्कार नगरोस् भनेर अफ्रिकाका केही आदिवासीहरुले उनीहरुको स्तनमा ढुंगा तताएर डामिदिन्छन् ।
संयुक्त राष्टसंघले सार्वजनिक गरेको नयाँ रिर्पोटमा बलात्कारबाट बच्ने नाममा युवतीहरुले क्रुर यातना सामना गर्ने गरेको उल्लेख गरिएको छ । यसका लागि गरुंगो र तातो ढुंगा र फलाम युवतीहरुको छातीमा राख्ने गरिएको छ । उनीहरुको स्तनलाई सम्म पार्नका लागि यस्तो गरिएको हो ।
किशोरी वा बच्चीको स्तनमा रापिलो ढुंगाले डाम्दा कति पीडा हुन्छ होला ? तर, उनीहरुले आफूलाई बलात्कारबाट बचाउन यस्तो पीडा भोग्नैपर्ने हुन्छ ।
नाइजेरिया, दक्षिण अफ्रिका, क्यामरुन लगायतका देशमा मात्रै नभएर बेलायतमा समेत गरी विश्वमा करिव ३८ लाख युवतीहरू स्तनमा रापिलाे ढुंगाले डाम्छन् । यस्तो गर्नूको पछाडी महिलामाथि हुने यौन दुव्यवर्हार र बलात्कारको घटना जिम्मेवार छ । मानिसहरु महिलाको स्तनलाई सम्म पारेपछि उनीहरु पूरुषजस्तै देखिने विश्वासका साथ यस्तो गर्छन् ।
