बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने
काठमाडौँ, १ जेठ । कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रवाधान राख्दै सरकारले संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदा गरेको छ ।
शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले तयार गरेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ ।
मन्त्रालयअन्र्तगत संघीय तथा कानुन् शाखाले चार दिनअघिदेखि छलफल प्रारम्भ गरेको मन्त्रालय स्रोतको भनाई छ ।
करिव ५ महिनाअघि सामान्य प्रशासन मन्त्रालयले सो मस्यौदा तयार गरेको थियो । नागरिकमा खबर छ ।
