भारतमा प्रधानमन्त्री ओलीलाई आज मानार्थ विद्यावारीधि, बेलुकी ८ बजे स्वदेश फर्किदै

Share it with you friends

काठमाडौं, २५ चैत  । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारतीय भ्रमणमा हुनुहुन्छ ।

भ्रमणका क्रममा भएका दुई देशबीच सहमतीलाई महत्वपुर्ण मानिएको छ । परराष्ट्रविद्हरुले ओलीको भारत भ्रमण एक हदसम्म सफल भएको बताएका छन ।

उनीहरुले भारतसँगको सम्बन्धमा देखिएको चिसोपना हटाउन अहिलेको भ्रमण सफल भएको ठम्याई गरेका छन् । प्रधानमन्त्री ओलीले पनि भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउनु भएको छ ।

भारत भ्रमणका क्रममा नेपाल र भारतबिच जलमार्ग र रेलमार्ग निर्माणको सहमति भएको छ ।सहमति अनुसार भारतले रक्सौल विरगञ्ज हुँदै काठमाण्डूसम्म विद्युतीय रेलमार्ग बनाउने छ ।

यस्तै दुई प्रधानमन्त्रीबिच नेपाल र भारतको आर्थिक विकासका लागि अन्तरदेशीय जलमार्गको विकास गर्ने सहमति पनि भएको छ ।

ओली भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा तीन दिने राजकीय भ्रमण सकेर आज आईतबार बेलुकी ८ बजे स्वदेश फर्कदै हुनुहुन्छ । नेपाल फर्किनुअघि उहाँले उत्तराखण्डमा रहेको गोबिन्दबल्लभ पन्त कृषी विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुहुनेछ ।

विश्वविद्यालयले उहाँलाई मानार्थ विद्यावारीधि उपाधि दिने कार्यक्रम छ । अाेली वेलुकी अाठ वजे स्वेदेश फर्कने कार्यक्रम रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *