मंगलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना।

Share it with you friends

साउन २०७६, १४

मंगलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिममा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले पश्चिमको केही ठाउँमा मंगलबार दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगराकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार मध्य र पूर्वमा भने ठूलो पानी पर्ने सम्भावना छैन ।
मंगलबार राति देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने तथा मध्य र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जारी गरको बुलेटिनमा उल्लेख छ ।


मनसुनी न्यून चापीय रेखा (मनसुन ट्रफ) नेपालबाट दक्षिणतिर सरेकोले मनसुनी गतिविधि केही दिनदेखि कमजोर बनिरहेको छ । धेरैजसो भूभागमा वर्षा नहुँदा देशभर अधिकतम तापक्रम बढ्दै गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *