माेटरसाइकल दुर्घटनामा धादिङका खतिवडाको निधन
धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ मा रहेको भैरेवी आधारभूत बिद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको दुर्घटनामा परि निधन भएको छ ।
मंगलबार वेलुकी नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटार नजिकै टिपरले ठक्कर दिंदा खतिवडकाे निधन भएकाे हाे । सोही दुर्घटनामा परि राईजिङ भिलेज इंगलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज ओझा घाईते हुनु भएको छ ।
टिपरको ठक्करबाट मोटरसाईकल सडकमा पल्टिंदा शिक्षक खतिवडाको घटनास्थलमानै ज्यान गएको र मोटरसाईकल चालक ओझा घाईते हुनु भएको प्रहरीले जनाएको छ । घाईते ओझालाई उपचारका लागि काठमाण्डौं लगिएको छ ।
मोटर साईलकललाई ठक्कर दिने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
