मिस नेपाल नर्थ अमेरीकाको जितनजिक मल्टिट्यालेन्टेड सोनिशा थापा

Share it with you friends

काठमाडौं । संयुक्त राज्य अमेरीकाको न्युयोर्कमा यहि अगष्ट १७, शनिवार हुने मिस नेपाल नर्थ अमेरीकाको दोश्रो संस्करणमा सहभागि भएकी प्रतियोगी सोनिशा थापा आफुभित्रको प्रतिभा र अनुभवकै कारण विजेता बन्नेमा ढुक्क रहेकी छिन् ।

 

 

नेपालमै रहँदा मिस एभरेष्ट सुन्दरी प्रतियोगितामा सहभागि रहेकी सोनिशाले मिस डिसिप्लेन, मिस पर्सनालिटी, मिस हेयर लगायतका अवार्ड पाइसकेकी छिन् । सकारात्मक सोच र दीनदुःखीहरुलाई सहयोग गर्न अत्यन्त अग्रसर हुने सोनिशा थापा हाल पेन्सलभेनियाको इरीस्थित ग्यानन युनिभर्सिटीमा नसिंग अध्ययन गरिरहेकी छिन् । भक्तपुरकी सोनिशा पढाइमा मेधावी त छँदैछिन त्यसमाथी पनि समाजमा हुने गरेका र भइरहेका प्रायः बिषयहरुमा चासो राखेर हरेक क्षेत्रलाई बुझेर अघि बढ्दै गरेकी संचारकर्मी समेत हुन ।

 

 

 

कुनैपनि क्षेत्रमा आवद्ध भएपछि त्यसलाई ज्ञान, सिप र अनुभव (सिकाई-भोगाई) ले परिणाममुखी बनाउनुपर्छ भन्ने विचार बोकेर हिडेकी ब्युटी क्वीन सोनिशा थापाले भविष्यमा सफल विजनेशवुमन बनेर आफुले पहिचान गरेका क्षेत्रमा आर्थिक तथा मानवीय सहयोग गर्ने लक्ष्य राखेकी छिन् । उनको अभियान र सोनिशालाई बिजयी गराउन यो लिन्क क्लिक गरेर भोट गर्न सक्नुहुनेछ !
http://www.nmagnepal.com/contest/miss-nepal-north-america/entry/33
हाल पढाई विदालाई सदुपयोग गर्दै न्युयोर्कबाट संचालित चिरपरिचित रुपान्तरण मिडियामा कला, साहित्य, संगीत लगायतका बिषयबस्तुलाई सोनिशा शोमार्फत प्रस्तुत गर्दै आइरहेकी सोनिशा थापा छोटो समयमा आफुलाई चिनाउन सफल प्रस्तोता समेत हुन । मिस नेपाल नर्थ अमेरीकाको प्रतिष्पर्धामा आफुलाई हरेक कोणबाट सक्षम, दक्ष र क्षमतावान रहेको पुष्टि गर्ने सोनिशाले विजेता भएपछि उक्त तहबाट नेपाल र अमेरीकामा गर्नुपर्ने अति आबश्यक देखिएको एजेण्डाहरु समेत तय गरिसकेको बताइन् । मिस नेपाल नर्थ अमेरीकामा १६ अमेरीका र १ क्यानडा गरि १७ प्रतियोगीले अन्तिम प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिताको आयोजक उन्नत इन्टरनेशनल र डिम्स युनिभर्सल हो भने कार्यक्रम न्युयोर्कको मेलरोज बलरुममा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *