यातायात व्यवसायीलाई अर्को झड्का, सरकारले नयाँ बसपार्कबाट समितिका सबै काउन्टर हटायो

Share it with you friends

काठमाडौं,२१ वैशाख । सरकार विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीलाई अर्को झड्का लागेको छ ।

व्यवसायीले कानुनको धज्जी उडाउँदै सार्वजनिक सेवा अबरुद्ध गरेकाले सरकार कडा रुपमा प्रस्तुत भएको छ ।

सरकारले अब नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर हटाएको छ ।

नयाँ बसपार्कमा रहेका यातायात समितिका सबै काउन्टर हटाइ  कम्पनीका काउण्टर मात्रै राख्न दिईने  निर्णय अनुसार यातायात व्यवस्था विभागले काउण्टर हटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *