यी खेलाडीलाई अनुबन्ध गर्न प्रिमियर लिगका तीन क्लबहरुबीच प्रतिस्पर्धा
काठमाडौँ, ७ जेठ । यस सिजन प्रिमियर लिगमा सर्वाधिक चर्चामा रहेका खेलाडी हुन् एडामा ट्राओरे । उल्भ्सका यी चर्चित खेलाडीलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेड, लिभरपुल र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा भएको छ ।
विपक्षी डिफेण्डरलाई मात दिन माहिर उनको खेलदेखि यी क्लबका प्रशिक्षकहरु समेत प्रभावित भएका छन् ।
बार्सिलोनामा समेत खेलेको अनुभव उनीसँग रहेको छ ।
२४ वर्षे यी खेलाडीलाई अनुबन्ध गर्न बायर्न म्युनिखले पनि चासो देखाएको छ ।
उनी प्रिमियर लिगका सबैभन्दा खतरनाक विंगरका रुपमा परिचीत रहेका छन् ।

 
             
             
            