यी हुन् क्यानसरका लक्षणहरू
काठमाडौँ । लामो समय सम्म खोकी निको नहुनु, खकारमा रगत देखा पर्नु ।खाना निल्न गाह्रो हुनु, स्वर परिर्वतन वा धोद्रो हुनु ।लामो समय सम्म कव्जियत हुनु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु ।
महिलाहरुमा महिनावारी नभएको वेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तस्राव हुनु वा सहवास पछि रक्तस्राव हुनु ।
स्तनमा गाँठा गुठीहरू देखिनु, मुन्टोवाट रगत मिसिएको दुध आउनु वा मुन्टो दबिनु ।
शरीरमा गिर्खा, गाँठा गुठीहरू देखिनु ।ड्ड कोठी र मुसाहरूको रंग बदलिनु वा आकार बढ्दै जानु ।
छोटो समयमै शरीरको वजन घटनु, रक्तअल्पता देखिनु, ज्वरो आईरहनु ।
नाक,मुख र दिसा बाट रगत आउनु ।
धेरै दिनसम्म टाउको दुखी रहनु, बान्ता हुनु, रिगंटा लाग्नु,आँखा धमिलो देखिनु वा कम्पन (मृगी) आउनु ।
