सप्तरी र विराटनगरमा आगो लाग्दा ५० लाखको नोक्सानी

Share it with you friends

मोरङ/ सप्तरी । मोरङको रङ्गेली–८ मा आगलागी हुँदा दुई परिवारको ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

यो वडाको झमनपुर बस्ने सेरु मियाँ र उहाँको भाइ बच्चु मियाँको टिनको छानो भएको दुईतले घरभित्र राखिएका सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।

यस्तै, सप्तरीको सप्तकोशी नगरपालिका–१ म रहेको कपडा पसलमा आगो लाग्दा १० लाख रुपैयाँ नोक्सानी भएको छ । पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हुँदा १० लाखको क्षति भएको हो ।

आगलागीबाट पसलभित्र रहेका विभिन्न प्रकारको कपडा, नगद तथा जिन्सी गरी करीब १० लाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *