सरकारले आज श्वेतपत्र ल्याउने, अर्थतन्त्र अगाडि बढाउने सम्बन्धमा नीतिगत कुरा आउने

Share it with you friends

काठमाडौं । सरकारले आज दिउँसो ३ बजे श्वेतपत्र ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयबाट श्वेतपत्र सार्वजानिक गर्ने कार्यक्रम रहेको छ ।

यसअघि चैत २ गते नै श्वेतपत्र ल्याउने अर्थमन्त्रीको तयारी भएपनि विभिन्न कारण देखाउँदै सारिएको थियो । सरकारले श्वेतपत्रमार्फत् अघिल्लो सरकारले कस्तो अर्थतन्त्र छाडेर गएको छ भनेर जनतालाई प्रष्ट पार्नुका साथै यो सरकारले अर्थतन्त्रलाई कसरी अघि बढाउने छ भनेर समेत नीतिगत कुराहरु उल्लेख गरिने बताइएको छ ।

नयाँ सरकार गठनसँगै शेयर बजार र घरजग्गाका व्यवसायीले अर्थमन्त्रीलाई शंकाका दृष्टिले हेरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *