सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: ११ जनाको मृत्यु भएको पुष्टि

Share it with you friends

२४ असोज २०७६, शुक्रबार ।

सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा पर्दा अहिलेसम्म ११ जनाको ज्यान गएकोे पुष्टि भएको छ । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ। दुर्घटनामा परेकामध्ये ६ जनाको घटनास्थलमै र ५ जनाको उपचारका लागि धुलिखेलतर्फ ल्याउँदा मृत्यु भएको हो।

मृतकहरुकाे पोस्टमार्टम गर्न लागिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले बताउनुभयो । उहाँका अनुसार ४० सिटको बसमा करिब ७० जना यात्रु सवार थिए।
मृतकहरूमा पाँचजना पुरुष, चारजना महिला र दुईजना बालबालिका रहेको उहाँले बतानुभयो ।

बिहान करिब १० बजे इन्द्रावती गाउँपालिकामा बस दुर्घनामा परेको थियो। उहाँका अनुसार घटनामा करिब ५० जना घाइते भएको अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *