सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढ्यो

Share it with you friends

१८ भदौ, २०७६ बुधबार – धादिङ,

सुनको भाउ बुधबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेकोे छ । सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको ९ गते सुन अहिले सम्मकै महंगो तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

त्यसयता घट्दै गएको सुनको भाउ बुधबार फेरि ९ गतेकै भाउमा पुगेको हो । मंगलबार तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ७२ हजार ५ सय रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक अवरोध बढेकाले भाउ बढेको महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा ४५ रुपैयाँ बढेर बुधबार तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *