सुरु भयाे प्रथम महादेववेसी राजमार्ग मिनि महोत्सब, अाज काे काे अाउदैछन कलाकार ?

Share it with you friends

धादिङ, १५ वैशाख । धादिङको थाक्रे ११ मा प्रथम महादेववेसी राजमार्ग मिनि महोत्सब हिजाेदेखी सुरु भएको छ ।

 २४ गते सम्म सञ्चालन हुने महोत्सवको उत्घाटन धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद भुमि त्रिपाठीले गर्नुभएकाे हाे । महाेत्सवकाे उद्घाटन गर्दै त्रिपाठीले समय समयमा अायाेजना हुने यस्ता महाेत्सवले स्थानिय उत्पादनकाे प्रवद्धनमा मद्दत हुने विश्वास व्यक्त गर्नुभयाे ।

 

महोत्सबमा अाज कलाकार हेमन्त शर्माकाे उपस्थिति रहने अायाेजकले जनाएकाे छ । 

 

 

१०० वटा स्टल रहेकाे मेलामा ब्यापार ब्यावशाय प्रर्बद्धन गर्ने समाग्री, आधुनिक कृषि औजार, खाद्यान्य सामाग्री, होटल लगायतका स्टल रहेकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *