स्नातकाेत्तर तहको परीक्षा फारम भर्न बिर्सनु भयो की !
काठमाडौँ, २ वैशाख । त्रि वि व्यवस्थापन संकाय अन्तरगत संचालित स्नातकाेत्तर तहको परीक्षा बैशाख तेस्रो हप्तादेखि सञ्चालन हुने भएको छ ।
तेस्रो हप्तादेखि हुने परीक्षाका लागि आवेदन खुला गरेको त्रिभूवन विश्वविद्यालयले जनाएको छ ।
नियमित परीक्षामा सम्मिलित हुने विद्यार्थीले आउँदो १४ गते भित्र सम्बन्धित क्याम्पस र विभागमा बुझाउन त्रिविले आग्रह गरेको छ ।
परीक्षा फारम १७ गते भित्र डीन कार्यालयको परीक्षा नियन्त्रण महाशाखामा अनिवार्य रुपमा आवश्यक शुल्कसहित बुझाई सक्नु पर्दछ ।

