स्पेनिस लालिगाः रियल र एट्लेटिको मड्रिडको सहज जित

Share it with you friends

एजेन्सी, ३ वैशाख । गएराति भएको स्पेनिस लालिगामा रियल मड्रिडले मालागालाई पराजित गरेको छ ।

यस सिजन रेलिगेशनमा परेको मालागाले रियललाई कडा टक्कर दिएको थियो । रियलले इस्को र काशिमेरोले एकएक गोल गरे ।

खेल सकिन केही मिनेट रहँदा मालागाकालागि रोलानले गोल गरे । यो जितसँगै रियलको ३२ खेलमा ६७ अंक भएको छ ।

गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले लेभान्तेलाई ३० गोलले पराजित गरेको छ ।

एट्लेटिकोका लागि एन्जल कोरिया, एन्टोनियो ग्रिजम्यान र फर्नानण्डो टोरेजले एकएक गोल गरे । यो जितसँगै एट्लेटिको मड्रिडको ३२ खेलमा ७१ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *