हल्लाको पछि नलागौं, पार्टी एकताको टुंगो अबको बैठकमा हुन्छ : प्रचण्ड

Share it with you friends

चितवन, २९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हल्लाको पछि नलागौं भन्दै अब बस्ने बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् ।

भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा नेकपा माओवादी केन्द्र चितवनका सदस्य स्वर्गीय महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आयोजित शोकसभामा उनले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रूप दिने दाबी गरे ।

अध्यक्ष प्रचण्डले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा असहमति नभएको र एक दुई विषयमा गहन छलफल गरेर पार्टी एकतामा जाने बताए ।

कतिपय मिडियाबाट आएका कतिपय समाचारहरु भ्रामक रहेको भन्दै उनले पार्टी एकतामा कुनै अवरोध नहुने बताए ।

नेपाली जनताले वाम सरकारबाट ठूलो अपेक्षा गरेको भन्दै जनताका अपेक्षाको सम्बोधन हुनेगरी आफूहरु अगाडि बढ्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *