अमेरिकी आक्रमण पछि सिरियाका राष्ट्रपति बसर अल असद झुक्लान ?
एजेन्सी । सिरियामाथिको अहिले सम्मकै ठूलो आक्रमण भएको छ । यस अघि अमेरिका एक्लैले आक्रमण गर्ने गरेकोमा अहिले अमेरिकालाई बेलायत र फ्रान्सको पनि साथ छ । सिरियामा यस अघिको भन्दा दुई गुण बढी मिसाइल आक्रमण भएको छ ।सिरियामा १२० भन्दा धेरै फायर गरेको विविसीले जनाएको छ ।

अमेरिका जसरी भए पनि सिरिया सरकारलाई घुँडा टेकाउन चाहन्छ । के यी सब कुराले अमेरिका जित नजिक पुगेको छ त ? अन्तराष्ट्रिय सञ्चार माध्यम भन्छन् : सिरियामा लामो समयदेखि चलिरहेको युद्ध तत्काल अन्त्य होला भन्न सकिन्न । तर सिरियाको हालत हेर्दा राष्ट्रपति बसर अल असदले आफ्नो लडाईं जित नजिक पुर्याएका छन् ।
यस्तै, सिरिया सरकारको आम नागरिकलाई डर देखाउने रणनीति प्रभावकारी देखिन थालेको छ ।
सिरिया सरकार पुरै देशभर शासन त लगाउन सक्दैन तर ईरान र रुसको साथ र समर्थन अगाडि कसैले पनि उसको शासनलाई चुनौती दिन सक्दैन ।

सिरियाको कारण नै रुस र अमेरिकाको सम्बन्ध बिग्रन थालेको छ । विशेषगरी रुसको सम्बन्ध पश्चिमा देशहरुसँग रुसको सम्बन्ध बिग्रिएको छ । पश्चिमा देशहरुसँग रुसको शित युद्ध चलिरहेको अनुमान गरिएको छ ।
सिरियामाथिको आक्रमणलाई रुससँगको सम्बन्धलाई पनि हेरिएको छ ।

जनमाझको चाहना अनुसार बसर अल असदले जिम्मेवारीबाट उनी बँच्न पनि सक्ने वा जे पनि हुन सक्ने विश्लषण गरिएको छ ।
सिरियाले रासायनिक हतियार प्रयोग गरे पछि पश्चिमा राष्ट्र त्रसित भएका हुन् । पहिलो विश्व युद्धमा रासायनिक हतियार नै प्रयोग भएकाले पश्चिमा राष्ट्रहरु शसंकित भएका खबरमा उल्लेख छ ।
