मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

Share it with you friends

रत्ननगर, चितवन, २७ चैत । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ ।

पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टाँै जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा रहेको एक यात्रु रमेश नेपालले बताए ।

‘सडक निर्माण भएको स्थानमा समस्या छैन,’ नेपालले भने, ‘पुलको मुखमा दुई वटा गाडी नछिर्दा हिजोआज पनि घण्टौं जामको पीडा छ ।’ सडक र पुलसँगसँगै नबनाउँनाले समस्या परेको उहाँ बताउनुहुन्छ । नारायणगढ मुग्लिन सडकको करीब ३४ किलोमिटर क्षेत्रमा सडक चौडा पार्ने काम अहिले जारी छ । उक्त सडकमा १८ वटा पुल पर्छन् ।

त्यसमध्ये साना लगानीको खानीपुल, मौरीपुल, दासढुंगापुल र जलवीरे पुल नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले नै बनाउन थालेको छ । बाँकी १४ स्थानमा पुल निर्माण हुन सकेको छैन । नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनाल अप्ठेरा पुल निर्माण हुन नसक्दा सडक जामको समस्या भने रहेको प्रतिक्रिया दिन्छन् ।

‘बाटो ११ मिटरको छ, पुल साढे पाँच मिटरको छ,’ खनालले भने, ‘त्यस्ता पुलमा दुईवटा गाडी जानै मान्दैनन् ।’ मुख्यगरी मुग्लिनदेखि जलविरेसम्मको सात किलोमिटर अझै सास्ती छ । सडक निर्माणको काम पनि सो क्षेत्रमा बाँकी नै छ ।

मुग्लिनबाट आउँदाको चार वटा पुल साँघुरा छन् । त्यसमध्य ३ नम्बर पुल भने अति जोखिमपूर्ण र साँघुरो छ । त्यही पुलमा बढी जाम हुँदा तीन/चार किलोमिटर परसम्मै गाडी रोकिन्छन् । सबै पुल निर्माण नहुँदासम्म भने यात्रुले सास्ती पाउने पक्का छ । एक त साँघुरो पुलले जाम पर्नुपर्ने र अर्काे माथिबाट खस्ने पहिरोको उत्तिकै जोखिम हुँदा यात्रु दोहोरो जोखिममा परेको एकजना यात्रु सूर्य अधिकारी बताउँछन् ।

नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार सडक निर्माणको काम भने करीब ८८ प्रतिशत सम्पन्न भएको छ । करीब ३४ किलोमिटरमध्ये २८.२ किलोमिटर कालोपत्रे भइसकेको नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर खनाल बताउँछन् । उनले आगामी वैशाख १५ सम्ममा सबै सक्ने गरी काम भइरहेको बताए । रासस

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते