२१ औं फ्लोरा एक्स्पो चैत ३० देखि

Share it with you friends

काठमाडौं, २७ चैत । नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले आगामी शुक्रवारदेखि ४ दिने २१ औं फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ ।
एशोसिएसनले पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आईरहेको छ ।
नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प बिकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एशोसिएसन नेपाल भृकुटीमण्डप प्रर्दशनीहलमा एक्स्पो सञ्चालन गर्न लागेको हो ।
‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साँथ आयोजना हुन लागेको एक्स्पोको उद्घाटन कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले गर्ने कार्यक्रम रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार, एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।
साथै, मेलामा जम्मा ८२ वटा स्टल रहने छन । जसमध्ये १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीको, ४ वटा ल्याण्डस्केपिङ्गका, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूड स्टल रहने छ । मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु विच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेको एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक रामजीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
तिमिल्सिनाका अनुसार उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट ल्याण्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट स्टल, उत्कृष्ट कट फ्लावर (गुलाब), उत्कृष्ट कट फ्लावर (कार्नेशन), उत्कृष्ट कट फ्लावर (जरबेरा), उत्कृष्ट कट फ्लावर (ग्लाडुओलस गरि १० विधामा प्रतियोगिता गराइने छ ।
साथै २०४२ सालमा स्थापित झापा जिल्ला, मेची नगरपालिकामा रहेको राज कमल नर्सरीलाई कदर पत्रद्वारा सम्मान गरिने छ ।
एक्स्पोको ६० हजार अवलोकनकर्ताद्वारा अवलोकन गर्ने तथा ६० देखि ६५ लाख बराबरको व्यवसायीक कारोबार हुने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *