यस्ता छन् राति नाङ्गै भएर सुत्नुका फाइदाहरु

Share it with you friends

तपाई हामीमध्ये धेरैजसो चिसो याममा हल्का कपडा र गर्मी याममा अन्डरवेयर लगाएर सुत्ने गर्दछौ । तर, विशेषज्ञहरुका अनुसार यसो गर्दा स्वास्थ्यसँग सम्बन्धित समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

विशेषज्ञहरुका अनुसार सबैभन्दा उत्तम सबै कपडा खोलेर सुत्नु हुने गर्दछ । विशेषज्ञहरुका अनुसार गुप्तअंगहरुलाई पनि राति कपडाबाट राहत दिनुपर्दछ । यसो गर्दा विभिन्न इन्फेक्सनबाट बच्न सकिन्छ ।

पसिना आउने शरीरका अंगहरुमा ब्याक्टेरियालाई फैलने अवसर प्राप्त हुन्छ । विशेषगरी त्यस्ता अंगमा जुन सबै कपडाले ढाकिएको हुन्छ ।

यसबाट महिलाको तुलनामा पुरुषहरुमा बढी समस्या देखिने गर्दछ । यसबाट पुरुषको प्रजनन क्षमतासमेत प्रभावित हुन्छ । न्युयोर्कमा गाइनोकालजिस्टको क्षेत्रमा काम गर्ने डा. अलिसाले हालै यस विषयमा लेखेकी छन्–म सधैं आफ्ना विरामीहरुलाई भन्ने गर्दछु कि बिना अन्डरवेयर सुत्ने गर्नुस् ।

उनले भनिन्–यदि तपाई सधैं कभर गरिरहनु हुन्छ भने पसिना सुक्न पाउँदैन । सधैं गिलो बनिरहन्छ । र, त्यसबाट ब्याक्टेरिया फैलने सम्भावना रहन्छ । गिलोपनका कारण रोगहरु फैलने सम्भावना बढ्छ ।

यसबाट खटिरा र छालामा इन्फेक्सन हुने आशंका बढ्छ । महिलामा यसको असर झनै बढी हुन्छ । यसको स्पष्ट असर उनीहरुको पिरियडमा पर्दछ।

डा. अलिसाले भनिन्–जो राति नाङ्गै सुत्न सक्दैनन्, उनीहरुले खुकुलो कपडा लगाउनु राम्रो हुनेछ । राति तपाईले पनि बिना कपडा सुत्ने बाँनी भने बसाल्नु राम्रो हुनेछ ।

एक सर्भेका अनुसार ब्राजिलमा खुला समाज छ, तैपनि त्यहाँ १८ प्रतिशत महिला मात्र बिना अन्डरवेयर ओछ्यानमा जाने गर्दछन् । यो आँकडा बेलायतको तुलनामा कम हो । महिला र पुरुषमा यसको अलग अलग औचित्य छ । तर, गर्भधारणमा यसको असर पर्दछ । एजेन्सी

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते