भगवान श्रीकृष्णबाट सिक्नुहोस् सफलताका पाँच मन्त्र, के–के हुन् ?

Share it with you friends

गीतामा श्रीकृष्णद्वारा बताइएका सफलताका पाँच मन्त्रहरु यस्ता छन् ।

१. दूरगामी सोचः

भगवान् श्रीकृष्णको तर्फबाट भनिएको श्लोकमा आधारित भागवत गीताको अनुसार हामीले सोचलाई सुंकुचित बनाउनुभन्दा यसलाई दूरगामी र व्यापक बनाउनुपर्छ जसले गर्दा भविष्यमा आइपर्ने दुखबाट सजिलै पार पाउन सकियोस् ।

२. डरभन्दा अगाडि जीतः

गीताका अनुसार यदि तपाईंको अगाडि समस्याले विकराल रुप लिँदै छ र यसलाई समाधान गर्न सकिरहनु भएको छैन भने पनि तपाईंले हिम्मत नहार्नु र सोच बिचार गरेर मात्र समस्याको समाधानको बाटोमा लाग्नुहोस् । समस्यासँग डराउनुभन्दा पनि यससँग लड्नु नै सबैभन्दा ठूलो शक्ति हो । एकपटक डरलाई पार लगाउनु भयो भने त्योभन्दा अगाडिको कदममा तपाईंको जीत छ भनेर सम्झनुहोस् । पाण्डवहरुले पनि धर्मको सहारामा युद्ध जितेका थिए ।

३. प्रगति पथमा प्रशस्तः

श्रीकृष्णले सधैभरि पाण्डवहरुलाई यहि भनेका छन् कि पछि हट्नुभन्दा प्रगति पथमा लम्कनु बुद्धिमानी हुनेछ । उदाहरणका लागि यदि कोही कर्मचारी कम्पनीमा लगाव भएका कारण जीवनको ठूलो असर गुमाउँदै छ भने त्यो मूर्खता हो किनभने अट्याचमेन्टले ट्यालेन्टलाई मार्ने गर्दछ । यस्तो अवस्थामा यदि तपाईंलाई ठूलो स्कोप, स्थान परिवर्तनमा देखियो भने स्थान परिवर्तनमा नै फाइदा हुनेछ ।

४. बन्नुहोस् ऋषिकेशः

श्रीकृष्णलाई ऋषिकेश पनि भनिन्छ । यी दुई शब्दबाट मिलेर बनेको छ ऋषक र ईश अर्थात इन्द्रियलाई वशमा गर्ने स्वामी । श्रीकृष्णको भक्ति गर्ने व्यक्ति बुद्धिमाथि विजय प्राप्त गर्न सक्षम हुने गर्दछन् । गीताको अनुसार हावालाई वशमा ल्याउन सम्भव होला तर मानिसको दिमागलाई वशमा ल्याउन असम्भव हुन्छ । दिमागलाई आफ्नो वशमा ल्याउने व्यक्तिहरु कुनै पनि क्षेत्रमा निकै सजिलै सफलता हाँसिल गर्न सक्छन् ।

५. स्मृतिज्ञान र बुद्धिः

गीतामा श्रीकृष्णले एक श्लोकमा उल्लेख गरेका छन् कि कुनै पनि क्षेत्रमा सफल हुनका लागि स्मृति र बुद्धि स्वस्थ हुनु अनिवार्य छ । बुद्धि अर्थात राम्रा कुराहरु सोच्ने क्षमता, ज्ञान अर्थात सबै कुराहरुको भित्रि जानकारी हुनु र स्मृति अर्थात नराम्रो कुरालाई बिर्सने र राम्रो कुरालाई याद गर्ने क्षमता । यदि यी तीन कुराहरुमा युवाहरु केन्द्रित हुने हो भने उनीहरु जीवनको ७० प्रतिशत कठिनाईहरुबाट पार पाउन सकिनेछ ।

  • Related Posts

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    धादिङ :  क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङको पछिल्लो कार्यशैली र अभिव्यक्तिले जिल्लाको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। पदीय मर्यादा र कानुनी…

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ११:२५
    • 1 views
    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार १०:०१
    • 3 views
    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ०९:५३
    • 4 views
    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 4 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 8 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन