काठमाडौँ ट्रेड युनियन काँग्रेसमा देवीप्रसाद भुसाल निर्वाचित

Share it with you friends

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित हुनुभएको छ ।

युनियनको छैँटौँ जिल्ला अधिवेशनको मत गणना अनुसार भुसालले ८२४ मत ल्याई निर्वाचित हुनुभएको हो ।

उहाँले निकटतम प्रतिद्वन्द्वी भगवती फुयाँललाई १८ मतले पछि पार्दै निर्वाचित हुनुभएको निर्वाचन अधिकृत जयराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यस्तै, उपाध्यक्ष खुल्लामा ईश्वरकृष्ण घिमिरे, महिला उपाध्यक्ष तारादेवी केसी, सेवा उपाध्यक्ष धनप्रसाद पौडेल, उत्पादन उपाध्यक्ष उदयबहादुर लामा, उपाध्यक्ष अनौपचारिक योगेश केसी, सचिव विष्णुप्रसाद कोइराला, सहसचिव प्रह्लाद फुयाँल र राजनकुमार कार्की, कोषाध्यक्ष विमल तिमल्सेना र सहकोषाध्यक्षमा मोनिका तामाङ विजयी हुनुभएको छ ।

यसैगरी सदस्यमा उत्तम पौडेल, गणेश धिताल, गिरिराज अर्याल, धर्मसागर ढकाल, प्रभुदास न्यौपाने, गीता भट्टराई, नरमाया तिमल्सेना, सिर्जना अर्याल र याञ्जुदेवी दाहाल विजयी हुनुभएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । झण्डै दुई हजार ४ सय मतदाता रहेको ट्रेड युनियन काठमाडौँमा एक हजार ६ सय ८९ मत खसेको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते