कांग्रेस बैठकमा नेताहरु भन्छन- समानुपातिक टिकट दाइजो र बकस वनाइयाे

Share it with you friends

काठमाडौँ, ११ वैशाख ।  कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिमतिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ । सोमबारको बैठकमा बोलेका ११ मध्ये अधिकांश नेताले पनि आफ्नो पक्षको बचाउ र अर्को पक्षको आलोचना गरे ।

मानबहादुर विश्वकर्माले हारको दोष सभापतिलाई मात्रै दिन नहुने बताउँदा चन्द्र भण्डारीले समानुपातिक टिकटलाई दाइजो र बकस बनाउँदा लज्जास्पद नतिजा आएको तर्क गरे । अजयकुमार चौरसियाले पनि भण्डारीकै तर्कमा आफ्ना धारणा थपे । कमला पन्तले नेतृत्वको आलोचना गरिन् । उनले राम्रालाई भन्दा हाम्रालाई छानेर मैदानमा पठाउँदा कमजोर नतिजा आएको धारणा राखिन् । सुजाता परियारले समानुपातिकतर्फको नतिजा पेस गर्दै पार्टी कमजोर नभएको तर्क गरिन् । यसैबीच, नेविसंघका असन्तुष्ट पक्षले अध्यक्षको कार्यशैली हुकुमी भएको भन्दै केन्द्रीय कार्यालय सानेपामै धर्ना दिएका छन् ।

हारमा सभापति मात्र दोषी हुनुहुन्न : मानबहादुर विश्वकर्मा
निर्वाचनका वेला टिकट बाँड्ने समितिमा बस्न नेताहरूबीच हानाथाप नै भयो । पार्टीले सदस्य बढाएर भए पनि समिति बनाउनुपर्ने अवस्था आयो । वरिष्ठ नेतासहितले भागबन्डामा टिकट लानुभएको हो । तर, अहिले पार्टीले हार व्यहोरेपछि सभापतिको मात्र दोष छ भनेर हामी कोही पनि पन्छिन मिल्दैन ।

समानुपातिक टिकट दाइजो र बकस बनाइयो : चन्द्र भण्डारी
हामी स्थानीय तहदेखि प्रदेशसम्म सीमांकन गर्दा गम्भीर भएनौँ । सरकार आफ्नै भएका वेला सीमांकनसम्बन्धी आयोग हाम्रोविरुद्ध दुरुपयोग भयो । अर्कोतिर हामीले सही रूपमा उम्मेदारको छनोट गर्न सकेनौँ । भागबन्डा गर्‍यौँ । समानुपातिक टिकटलाई दाइजो र बकस बनाइयो । सरकार सरकारजस्तो भएन । नयाँपत्रिकामा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते