स्थानीय

धादिङको बेनिघाटवाट लागु औषधसहित ३ जना पक्राउ

Share it with you friends

काठमाडौँ, १२ वैशाख । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारबाट लागु औषधसहित ३ जना पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट २ सय थान बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

लुकाइ छिपाइ काठमाडौंतर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँ जिल्ला बन्दीपुरमा सुदीप गुरुङ, काठमाडौं बानेश्वरका कृष्ण गौतम, र विवेशक पोखरेल रहेका छन् । उनीहरुलाई लागुऔषध ऐन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *