४ लाख ४५ हजारको ज्यान लिइसकेको मलेरिया कस्तो रोग ?

Share it with you friends

काठमाडौँ, १३ वैशाख ।  गर्मी बढेसँगै लामखुट्टे सक्रिय हुन थालेको छ । गर्मी र वर्षामा सक्रिय हुने लामखुट्टेले टोक्नु सामान्य लाग्न सक्छ ।

तर लामखुट्टेको टोकाइलाई सामान्य मान्न नहुने डाक्टरहरुले बताउँदै आएका छन् ।

लामखुट्टेको टोकाइबाट गम्भीर खालका सुरुवा रोग लाग्ने जोखिम धेरै हुन्छ ।

डेंगु, मलेरिया लगायतको रोगको जोखिम उच्च हुन्छ । लामखुट्टेको टोकाइकै कारण विश्वमा धेरै मानिसको ज्यान गए पछि यसको रोकथामका लागि भन्दै सचेतना जगाउन विभिन्न दिवस मनाउने गरिएको छ ।

त्यसै मध्ये बुधवार मलेरिया अर्थात औंलो रोग विरुद्धको दिवस परेको छ । लामखुट्टेको टोकाईबाट सर्ने औंलो रोग विरुद्धको दिवस आज संसारभरी नै मनाइएको  छ । हरेक वर्षको अप्रिल २५ तारिखमा यो दिवस मनाईन्छ ।

डाक्टरका अनुसार लामखुट्टेको टोकाईबाट औंलोको संक्रमण मानिसमा सर्ने गर्दछ । सन् २०१५ को अध्यनले ९१ बढी देशमा औंलो अर्थात मलेरीयाको संक्रमण रहेको पुष्टी गरेको छ ।

लामखुट्टेले टोकेको ७ देखि १५ दिन भित्र मलेरियाको लक्षण देखिने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । रक्तअल्पता, श्वाँसप्रश्वाँसमा समस्या, लगायत मलेरिया लक्षण हुन । समयमै उपचार पाएमा मलेरिया निको हुने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठनको सन् २०१६ को एक अध्ययन अनुसार संसारभरि २१ करोड ६० लाख मानिसमा मलेरियाको संक्रमण रहेका पाइएको छ भने ४ लाख ४५ हजारले ज्यान गुमाईसकेका तथ्याङ्क छ ।

विशेषगरी अफ्रिकी मुलुकमा उच्च जोखिम रहेको भनिए पनि केही वर्ष यता एशियाली राष्ट्रमा पनि मलेरियाको खतरा बढेको छ । नेपालमा तराईका २५ भन्दा बढी जिल्लालाई उच्च जोखिममा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लामखुट्टेको टोकाईबाट बच्ँन सके यो रोग लाग्नबाट जोगिन सकिने डाक्टरले बताउँदै आएका छन् ।

त्यसका लागि घर वरपर सफा राख्ने, झाडी हटाउने, खाल्डा खुल्डी पुर्ने र सुत्दा झुल टाँग्ने गरे लामखुट्टेको टोकाइबाट बच्ँन सकिन्छ । यस्तै पूरा बाउला भएको कपडा लगाए पनि लामखुट्टेको टोकाइबाट जोगिने डाक्टरले बताएका छन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते