adfasfasf

Share it with you friends

काठमाडौँ — विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी पर्साको विभिन्न क्षेत्रमा भारतीय पक्षले नेपाली भूभाग मिचेको बिषयमा स्थलगत प्रतिवेदन बुझाएका छन् ।

भारतीय पक्षले नेपाली भूमि मिचेको समाचार प्रकाशित भएपछि दुवै विद्यार्थी संगठनको संयुक्त टोली स्थलगत अवलोकनमा गएको थियो। स्थानीयबासीसँगको छलफल र दुवै देशको सिमासम्बन्धी नक्साको अध्ययनपश्चात प्रतिवेदन तयार पारी प्रधानमन्त्रीलाई सुझाव सहित बुझाएको अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले बताए।
विद्यार्थीहरुले बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक ईन्च भूभाग पनि मिचिन नदिने भन्दै आस्वस्त तुल्याए।
प्रतिवेदनमा स्थलगत अवलोकनको क्रममा भेटिएका तथ्य र सुझाव समेटिएको छ। विद्यार्थीहरुले दशगजा क्षेत्रमा भारतीय पक्षले भौतिक संरचना बनाएको, नक्सांकनमा संलग्न नेपाली पक्षले हेलचेक्र्याइ गरेको जस्ता समस्या औंल्याएका छन्।
स्थलगत अवलोकनको क्रममा लालपूर्जा भएको नेपाली जमिनमा सिमा स्तम्भ भेटिएको प्रतिवेदनमा उल्लेख छ।
अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा विद्यार्थी टोली सिमा मिचिएको भनिएको पर्साको विभिन्न स्थानमा पुगेको थियो।
नेपाल–भारत संयुक्त सिमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा पर्साको करिब ५० बिगाहा जमिन भारततिर पर्न गएको हो।
विद्यार्थी टोलीले भारतसँगको सिमा विवादको समग्र समाधान निकाल्न पनि प्रतिवेदनमा सुझाव दिएका छन्।
  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 3 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 4 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 6 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 10 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 9 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 10 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु