प्रथम महादेबबेशी राजमार्ग मिनि महोत्सब आज देखी सुरु

Share it with you friends

धादिङ, १४ बैशाख । धादिङको थाक्रे ११ मा आज शुक्रबार देखी प्रथम महादेबेसी राजमार्ग मिनि महोत्सब सुरु हुँदैछ ।

उक्त महोत्सवको लागि स्टल लगायत सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सबमा विभिन्न जातजातिका झाँकी, थाक्रे र यस आसपासका नगर तथा गाउँपालिकालाई चिनाउने औद्योगिक वस्तुहरुको प्रदर्शनी, बाल मेला , विभिन्न मनोरञ्जनका साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजक समारोह समितिका सचिवालय सदस्य तारा कुमारी खड्का थापाले जानकारी दिनुभयो ।

थाक्रे गाउँपालिका ११ महादेबबेसी बजारको महेशखोला किनारमा हुने मेलामा कलाकारहरु प्रमोद खरेल, बद्री पंगेनी , शोभा त्रिपाठी, सुनिल गिरी, हेमन्त शर्मा, रामजी खाँण, प्रिती आले, सहिमा श्रेष्ठ, रमेशराज भट्टराई, बविता वाँनियाँ (जेरी),ढाकाराम पौडेल, उत्सव सुब्बा लामा, रजनी लामा, यशोदा विडारी, दुर्गा विडारी, मनोज थापा, मुना लामा, सबिन लामा लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीको साथमा हाँस्यकलाकारहरुको सहभागिता रहने छ।

करिब ७० ओटा स्टल रहने मेलामा ब्यापार ब्यावसाय प्रर्बद्धन गर्ने समाग्री, आधुनिक कृषि औजार, खाद्यान्य सामाग्री, होटल लगायतका स्टल रहने मिनि महोत्सब मुल आयोजक समितिले जानकारी दिएको छ ।

आज देखी २४ गते सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद भुमि त्रिपाठीले गर्नु हुने आयोजकले बताएको छ ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते