काँग्रेसभित्र पारदर्शीरुपमा मूल्यांकन गर्न नेता पौडेलको माग

Share it with you friends

काठमाडौँ , १४ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र कार्यकर्ताको पारदर्शीरुपमा मूल्यांकनको व्यवस्था गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन समीक्षासम्बन्धी जारी बाह्रौँ दिनको केन्द्रीय कार्यसमितिको आजको बैठकमा उनले पार्टी विधानभित्र रहेर अधिकतम् समन्वय र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदारले काँग्रेस र तत्कालीन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) बीच पार्टी एकीकरणका बेला भएको प्रक्रियालाई चाँडो पूर्णता दिइयोस् भनी आग्रह गरे।

नेता गच्छदार काँगे्रसलाई नयाँ ऊर्जा र एकताका साथ अघि बढाउन पार्टीभित्र र बाहिरका सबैलाई समेटी अपिल गर्नपर्ने सुझाव दिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

गत चैत ९ गतेदेखि शुरु भएको काँग्रेस केन्द्रीय समितिको बैठक चैत १६ गते नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो । बैठकमा आजसम्म ७६ जना केन्द्रीय सदस्यले निर्वाचनमा काँग्रेस पराजय र पार्टी सुदृढीकरण सम्बन्धमा आआफ्ना धारणा राखेका छन् ।

जम्मा ८१ सदस्यीय काँग्रेस केन्द्रीय कार्यसमितिमा एक विशेष आमन्त्रित र सात आमन्त्रित सदस्य हुन् । यस बैठकमा झण्डै दुई दर्जन केन्द्रीय सदस्यले पार्टी पराजयका कारण औँल्याउन र भावी रणनीतिका सम्बन्धमा लिखित धारणा तथा प्रस्ताव नै पेश गरेको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले तत्काल महासमिति बैठक बोलाइ विधान संशोधन र संविधानअनुसार स्थानीय तहसम्म पार्टीका संरचना बनाउन सुझाव दिएका छन् ।

त्यस्तै निर्वाचनमा पराजयका सम्बन्धमा पार्टी नेतृत्वको कार्यशैलीलाई आरोप लगाउने र बचाउ गर्नेमा अधिकांश केन्द्रीय सदस्य विभाजित देखिएका हुन् ।

काँग्रेसमा हाल मुख्यरुपमा दुई गुट सक्रिय छन् । सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यले पार्टी सामूहिक अभ्यासमा भएकाले जस र अपजसको भागीदारी सामूहिकरुपमा सबै हुनुपर्ने तर्क गरेका थिए । वरिष्ठ नेता पौडेल पक्षीय केन्द्रीय सदस्यले भने सभापति देउवाको कार्यशैलीका कारण पार्टीले निर्वाचनमा पराजय भोग्नुपरेको आरोप लगाएको बताइएको छ ।

गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले प्रत्यक्षतर्फ नराम्रो हार व्यहोरेको थियो । निर्वाचनको उक्त परिणामका कारण काँग्रेस संघीय संसद्मा मात्र होइन सातै प्रदेशमा प्रतिपक्षको भूमिकामा पुगेको छ ।

भोलि बस्ने बैठकमा महामन्त्री डा शशांक कोइरालाले पार्टीको आधिकारिक धारणासहितको लिखित प्रतिवेदन प्रस्तुत गर्नुहुने प्रवक्ता शर्माले बताए । त्यसपछि सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नको जवाफ दिइ भोलि नै बैठक सम्पन्न हुने बताइएको छ ।

नेपालको संविधानले व्यवस्था गरेको राज्यको पुनःसंरचनाअनुसार पार्टीको संरचना बनाउन, मधेशी जनाधिकार लोकतान्त्रिक (लोकतान्त्रिक) का नेता कार्यकर्तालाई पार्टीमा समायोजन गर्नेलगायतका कारण काँग्रेसलाई पार्टीको विधान संशोधन गर्नुपर्ने बाध्यता छ ।

यस बैठकले पार्टीको महासमिति बैठक, विधान संशोधन, जिल्ला सभापतिको भेला, निर्वाचनपछिको प्रतिपक्षीको अवस्थामा पार्टीको रणनीतिलगायत विषयमा आवश्यक निर्णय गर्नेछ ।

प्रवक्ता शर्माले निर्वाचन समीक्षा बैठक शुरु हुदा निराशा र विरोधबाट शुरु भएको भए पनि बैठक सम्पन्न हुँदै गर्दा नेता कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह थपिने दाबी गरे।

केन्द्रीय समितिको बैठकले महासमिति बैठकको मिति र स्थान तोक्नुका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्तिसमेतको निर्णय गर्ने बताइएको छ ।

समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ । अर्को बैठक शनिबार बिहान ९ः०० बजे पुनःबस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते