प्रथम महादेबबेसी मिनी महोत्सब को दोस्रो दिन २५ सय दर्शकद्धारा मेलाको अवलोकन

Share it with you friends

धादिङ, १५ वैशाख । धादिङको थाक्रे ११ मा महादेववेसी मा संचालन भईरहेको प्रथम महादेबबेसी मिनी महोत्सब को दोस्रो दिन आज करिब २५ सय दर्शकले मेलाको अवलोकन गरेका छन ।

मेलाको दोस्रो दिन आज आधुनिक गाएक हेमन्त शर्मा , नृत्यङ्गना रेखा राई लोक गायिका विन्दा परियार, यसोदा विडारी, दुर्गा विडारी सविन लामा, मनोज थापा तथा उत्सब लामा लगायतका कलाकारले आफ्नो प्रस्तुती गर्नुभएको थियो ।

साथमा बारा पथलैयाका द लिटिल ब्याण्डका कलाकार हरुको पनि प्रस्तुती रहेको थियो । थाक्रेको पर्यटन पर्बद्धन गर्ने उद्देश्यले संचालन गरिएको मेलामा विभिन्न घरायसी सामान, आधुनिक कृषि औजार लगायत विभिन्न खाद्य परिकारहरुको स्टल रहेको मेलामा कोरियन खाजाले अवलोकनकर्ताको मन जितेको छ ।

उज्यालो भविश्य महिला समुह र मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाको मुख्य आयोजना तथा न्यू स्टार क्लब महादेबबेसी, महादेबबेसी स्पोर्टस क्लब, थाक्रे कला केन्द्र देब विकास बैङ्क, हर फार्म नेपालको साथ र सहयोगमा संचालन भएको मिनि महोत्सब यहि बैशाख २४ गते सम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *