दृष्टि आँखा केन्द्रद्वारा एक वर्षमा २१ हजारभन्दा बढीलाई सेवा प्रदान

Share it with you friends

काठमाडौं, १६ वैशाख । ‘सबैको लागि दृष्टि, सधैको लागि दृष्टि’ भन्ने लक्ष्य लिएर सुरु भएको दृष्टि आई केयर सिस्टम अन्तर्गतको दृष्टि आँखा केन्द्र कलंकीले सेवा सञ्चालनको एक वर्ष पूरा गरेको छ ।

एक वर्षमा अस्पतालले १८ हजार ५ सयजनालाई अस्पतालमा र ३ हजार एक सय जनालाई निशुल्क आँखा शिविरमार्फत सेवा प्रदान गरिसकेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठले जानकारी दिएका छन् । ‘आँखा उपचारमा नागरिकको सहज पहुँचका लागि अस्पताले नेपालमै पहिलो पटक सार्वजनीक निजि साझेदारी अन्तरगत टोखा नगरपालिका र दृष्टि आँखा केन्द्रको साझेदारीमा टोखा नगरपालिका वडा नं ३ को कार्यालयसँगै दृष्टि आँखा केन्द्र टोखा शाखाको शुभारम्भ गरेको छ,’ श्रेष्ठले भने, ‘यसले टोखा नगरपालिका र आसपास क्षेत्रका समुदायलाई सहज सेवा प्रदान गर्दै आएको छ ।’

अस्पतालले ‘आँखा जँचाऔं, स्कुल जाऔं’ अभियानलाई सफल बनाउन एन–प्याब्सन अन्तरगतका सम्पूर्ण विद्यालयका विद्यार्थीको आँखा परीक्षण कार्य आरम्भ गरि सकिएको पनि श्रेष्ठले जानकारी दिए । ‘विभिन्न खेलमा आबद्घ भएर राष्ट्रिय स्तरमा पुगेका खेलाडीहरुको आँखा परीक्षण गरिनुका साथै राष्ट्रिय खेलकूद परिषद अन्तरगतका सम्पूर्ण खेलाडी र पदाधिकारीलाई समेत सेवा प्रदान गर्ने गरी परिषदसँग सम्झौताको चरणमा पुगेको छ,’ प्रमुख कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

अस्पतालले दुर्घटना लगायत विभिन्न कारणले आँखा गुमाउन पुगेकाहरुलाई लक्षित गरेर पूर्ण कृत्रिम आँखा सेवा पनि सुरुवात गरेको छ । यसबाट आँखा गुमाउने व्यक्तिको सुन्दरताका साथै व्यक्तित्व जोगाउनमा समेत मद्दत पुगेको अस्पतालले विश्वास लिएको छ ।

श्रेष्ठले सनराइज बैकसँग ‘हामी सँगसँगै’ भन्ने नाराका साथ स्वास्थ्य बिमा योजना अन्तर्गत सहकार्य गर्ने सम्झौता भएको जानकारी दिए । उनले भने, ‘यो सहकार्यले सनराइज बैकमा खाता रहेका वा शेयरधनीले दृष्टि आँखा केन्द्रको कुनै पनि शाखामा ओपिडी सेवालगायतका सेवामा विशेष छुट पाउनुका साथै स्वास्थ्य बिमाबाट लाभान्वित हुने छन् ।’

अस्पतालले यसअघिका अभियानलाई निरन्तरता दिँदै यस बर्षदेखि प्रत्येक महिना आँखासँग सम्बन्धित विभिन्न रोगका बारेमा जनचेतना फैलाउने अभियानहरु सञ्चालन गर्ने जनाएको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते