धादिङमा चारवटा सवारी साधन एक अापसमा ठाेक्किदा ट्रकमा अागाे लाग्याे , यातायात अवरुद्ध (फाेटाेसहित)
धादिङकाे महादेबबेशी वजार नजिकै चारवटा सवारी साधन एकअापसमा ठाेक्किदा मालवाहक ट्रकमा भिषण अागलागी भएकाे छ ।

थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशी नजिकै २ वटा बाइक,आर्मी गाडी,मालबाहक ट्रक एक आपसमा ठोकिदा मालबाहक ट्रकमा भीषण आगलागी भएकाे हाे ।

घटनामा ३ जना घाइते भएका छन । दुर्घटनामा माेटरटसाइकल ट्रकमुनी पर्दा अागलागी भएकाे वुझिएकाे छ । थप विवरण प्राप्त हुन वाकी छ ।


स्थानियवाशी र प्रहरीले अागाे नियन्त्रणकाे प्रयास गरीरहेका छन ।
फाेटाे : जगदिश रुपाखेती
