कांग्रेस महासमिति बैठक :देउवालाइ कमजोर पार्दै पौडेल पक्ष,फरक धारमा उदाउने सिटौला रणनीति

Share it with you friends

काठमाडाैं,२० वैशाख । कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो पार्टी कार्यक्रम महासमिति बैठक हो । कांग्रेसको ७१ वर्षे इतिहासमा १३ वटा महाधिवेशन हुँदा ९ वटा महासमिति बैठक भएका छन् ।

विधानतः महाधिवेशन भएबाहेक हरेक वर्ष एकपटक महासमिति बस्ने र यसले पदाधिकारी तथा केन्द्रीय समितिको निर्वाचनबाहेक अरू विषयमा निर्णय गर्न सक्नेछ । यसकारण पनि यो शक्तिशाली पार्टी बैठक हो । स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा कांग्रेस पराजयको समीक्षा गर्न १४ दिन चलेको समीक्षा बैठकले आगामी भदौमा १०औँ महासमिति बैठक आह्वान गरेको छ ।

बैठकले विधान मस्यौदा समितिले पेस गरेको प्रतिवेदनलाई पारित गर्ने, समसामयिक विषयमा राजनीतिक प्रस्ताव पारित गर्नुका साथै पार्टीलाई सांगठनिक रूपमा बलियो बनाउन कार्यक्रम ल्याउने बताइएको छ । यसको तयारीका लागि कांग्रेसले अब विधान मस्यौदा समिति गठन गर्ने, जिल्ला सभापतिको भेला गर्ने, राजनीतिकसहितका प्रस्ताव तयार गर्ने, देशभरबाट सुझाब संकलनसहितका काम गर्नुपर्ने हुन्छ ।

प्रक्रियामा टुंग्याउने संस्थापनको दाउ

रामचन्द्र पौडेल पक्षले गलाउने रणनीति बनाएपछि संस्थापन पक्ष भने बहुमत शक्तिमा टेक्दै महासमितिलाई प्रक्रियामा टुंग्याउने दाउमा छ । ‘महासमितिले विधान संशोधन पारित गर्ने, पार्टीको राजनीतिक प्रस्तावलाई पारित गर्नेसहितका समसामयिक विषयमा छलफल गर्दै एउटा प्रस्ताव तयार पार्छ,’ संस्थापन पक्षका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले नयाँ पत्रिकासँग भने, ‘महासमितिबाट पार्टी एक भएर गएको सन्देश दिन्छौँ र सरकारको क्रियाकलापबारे समीक्षा गर्दै हामी धारणा सार्वजनिक गर्छौँ ।’

प्रवक्ता विश्वप्रकाश शर्माले अब पदाधिकारी चयनलगत्तै महासमितिको तयारीमा पार्टी सचिवालय लाग्ने जानकारी दिए । अबको महासमितिमा पार्टीका आन्तरिक व्यवस्थापनभन्दा सरकारको कामकारबाहीका मुद्दामा बढी केन्द्रित हुने संस्थापनका एक नेताले बताए ।

संस्थापनलाई कमजोर पार्ने छिद्र खोज्दै पौडेल पक्ष

पौडेल पक्षसँग केन्द्रीय समिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य कहीँ पनि बहुमत छैन । तर, निर्वाचनमा बेहोरेको पराजय, कमजोर पार्टी संरचना र नीतिगत विषयलाई उठाउँदै संस्थापन पक्षलाई थप गलाउने रणनीतिमा छ । १४औँ महाधिवेशनमा आफ्नो पक्षमा माहोल बनाउन संस्थापनका कमजोरीमाथि निरन्तर खेल्ने तयारीमा छ ।

पौडेल पक्षका नेता डा. रामशरण महत महासमितिलाई प्रक्रियामा मात्र टुंग्याउन नदिने बताउँछन् । ‘वर्षको एकपटक यो बैठक गर्नुपर्ने हो तर, सकेसम्म टार्ने अभ्यास नेतृत्वले देखाएको छ’ उनी भन्छ्न्, ‘हामी यस्तो मात्र हुन दिन्नौं । पार्टीलाई थप परिचालन गर्नका लागि दबाब दिन्छौं ।’

युवाको वल लिंदै फरक धारमा उदाउने सिटौला रणनीति

गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, सहितका नेताहरू चुनावी समीक्षा बैठकमा पेश गरेको समीक्षा र भावी राजनीतिक कार्यक्रमले राम्रो प्रतिक्रिया पाएपछि हौसिएका छन् । थापा र पौडेल कृष्णप्रसाद सिटौला पक्षका हुन् । सिटौला युवाहरूलाई अगाडी लगाएर पार्टीमा फरक धार निर्माणको रणनीतिमा देखिन्छन् । ‘केन्द्रीय समितिमा पेश गरेको हाम्रो प्रस्तावलाई रुचाइएको छ’ नेता प्रदीप पौडेलले भने, ‘यसलाई अझै सशक्त बनाएर हामी फेरि पेश गर्छौ । महासमितिबाट अझै धेरैको स्वीकार्यता हासिल गर्छौ ।’

प्रतिवेदनमा चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, रामकृष्ण यादवलगायतले पनि साथ दिएका थिए । चुनावी समीक्षामा उठेका विषयको छलफल नसकिएको भन्दै यो पक्ष निरन्तर उठाइराख्ने पक्षमा छ । ‘महासमितिले विवादबीच केही गर्दैन । यो राजनीतिक प्रक्रियाको कुरा हो । प्रक्रियामा गएर आफ्नो अनकूल बनाउने सोच पार्टी नेतृत्वलाई हुन सक्छ’ पौडेलले भने, ‘तर, सभापतिले चाहेकोजस्तो सबै आफू अनुकूल हुँदैन । सम्झौता गर्नुपर्ने हुन्छ ।’

को–को हुन्छन् महासमितिमा ?

महासमितिमा पुरानो २४० निर्वाचन क्षेत्रबाट ५–५ जनाका दरले १२ सय, केन्द्रीय कार्यसमितिका ८५, विभिन्न १९ देशबाट ३–३ जनाको दरले ५७ जना, २६ भ्रातृ र शुभेच्छुक संस्थाबाट ३–३ जनाका दरले ७८ सहित कूल १५ सय बढी सहभागी हुनेछन् । महासमिति सदस्य १३औं महाधिवेशनका क्रममा भएको क्षेत्रीय अधिवेशनबाटै छानिइसकेका छन् ।

नयाँ पत्रिकामा खवर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 12 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 12 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 22 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते