देशभर मेघगर्जनसहित वर्षा, म्यादीमा पहिरोले चार घर पुर्यो, एक दर्जन घरमा क्षति

Share it with you friends

काठमाडौं, ३१ वैशाख । आइतबार रातिदेखि नै देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भएको छ ।

वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएको छ भने खोला नालामा बाढी भएको छ । वर्षा सँगै खसेको पहिरोले म्याग्दीमा चार वटा घर पहिरोले पुरेको छ भने एक दर्जन भन्दा बढी घरमा क्षति पुगेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपलिका २ भुरुङ तातोपानी बजारमा लेदोसहितको पहिरो खसेको हो । पहिरो आए पछि भागेर स्थानीयबासिन्दाले ज्यान जोगाएका छन् । यस्तै, पहिरो खस्दा पाल्पाको सिदार्थ राजमार्ग अबरुद्ध भएको छ ।

पाल्पाको तीनाउ गाउँपालिमा ३ अन्तरगत सडकखण्डमा खसेको पहिरोका कारण पाल्पा, गुल्मी, स्याङजा, पोखरा र बुटवल जाने आउने गाडी रोकिएका छन् । यस्तै झरीका कारण अरनीको राजमार्ग र मुग्लिन नरायणघाट सडकखण्डमा पनि जोखिम रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, झरी पर्ने सम्भावना कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यात्रामा निस्कनु अघि प्रहरी, ट्राफिक प्रहरी वा जल तथा मौसम पूर्वानुमान महाशाखासँग सम्पर्क गरेर मौसम र सडकको अवस्था बारे जानकारी लिन आग्रह गरिएको हो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 12 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 22 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते