आइपिएलः पञ्जाबविरुद्ध बैंगलोरको शानदार जीत, कोहलीले बनाए नयाँ रेकर्ड

Share it with you friends

इन्दौर, ३१ वैशाख । होल्कर स्टेडियममा आइपिएल-११ को ४८औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले किंग्स इलेवन पञ्जाबलाई १० विकेटले हराएको छ । पञ्जाबबाट पाएको ८९ रनको लक्ष्यलाई बैंगलोरले ८.१ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो ।

कप्तान विराट कोहलीले ४८ र पार्थिव पटेलले ४० रन नटआउट खेले । कोहलीले ५औं पटक एक सिजनमा ५०० रन बनाएका छन् । उनले पञ्जाबको विरुद्ध ३४ रन बनाउँदा यो सिजनमा ५०० रन पूरा गरेका थिए । एक सिजनमा ५०० भन्दा धेरै रन पाँचौं पटक बनाउने कोहली पहिलो ब्याट्सम्यान हुन् । उनीपछि डेभिड वार्नरले ४ पटक ५०० रन पुर्‍याएका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै पञ्जाबले १५.१ ओभरमा ८८ रन जोड्दै अलआउट भएको थियो । एरोन फिञ्चले सबैभन्दा बढी २६ रन जोडे । उमेस यादवले तीन विकेट लिए ।

पञ्जाबले यो सिजनकै दोस्रो सबैभन्दा कम स्कोर बनाएको छ । यसअघि मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादविरुद्ध ८७ रन बनाएको थियो । पञ्जाबले आज आफ्नो दोस्रो सबैभन्दा कम स्कोर बनाएको छ । यसअघि २०१७ मा उसले पूणे सुपरजाइट्सको विरुद्ध ७३ रन बनाएको थियो । त्यसरी नै आरसिबीको विरुद्ध कुनै पनि टिमको यो तेस्रो सबैभन्दा कम स्कोर हो । यसअघि २००९ मा राजस्थान रोयल्सले ५८ रन र २०१० मा डेक्कन चार्जर्सले ८२ रन बनाएको थियो ।

पञ्जाबले अहिलेसम्म ११ खेलमा ६ खेल जितेर १२ अंकका साथ अंकतालिकामा तेस्रो स्थानमा छ । बैंगलोर ११ मा ४ खेल जितेर ८ अंकका साथ सातौं स्थानमा छ । बैंगलोर यो खेल जसरी पनि जित्नै पर्ने दवाबमा थियो । त्यसो त, पञ्जाब पनि यो खेल जितेर प्लेअफमा सजिलै टिकिरहन चाहन्थ्यो । पराजयसँगै अगाडिका दुई खेलमा जित्नुपर्ने दबावमा पञ्जाब परेको छ ।

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 13 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 21 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते