मनोरन्जनराष्ट्रिय समाचार

डान्सिङ क्विन माधुरी दिक्षित जन्मोत्सव मनाउँदै, अझै पनि उस्तै सुन्दर

Share it with you friends

एजेन्सी । डान्सिङ क्विन माधुरी दिक्षितले आज जन्मोत्सव मनाउँदै छिन् । आफ्ना फ्यानहरुको दिल धकधक गराइरहन सफल माधुरीको सुन्दरताले पनि धेरैलाई दिवाना बनाएको छ ।

सन् १९६७ मे १५ तारिखमा माधुरीको जन्म भएको हो । भारतको मुम्बईमा जन्मिएकी माधुरीको सुन्दरता अहिले पनि उस्तै छ जति पहिला थियो ।
पछिल्लो समय उनी फिल्म ‘बकेट लिस्ट’लाई लिएर चर्चामा छिन् । यो सँगै माधुरी अनिल कपूरसँग ‘टोटल धमाल’मा पनि देखिदै छिन् ।
उनको लगनशिलता, मिहेनत र सफलतालाई हेर्दा जो कोही उनी जस्तै बन्न सक्छन् भन्न सकिन्न ।

उनका बाबु आमाले उनीलाई डाक्टर बनाउन चाहन्थ्ये । तर माधुरीलाई सानैदेखि डान्समा शौख थियो । जब उनी ती वर्षकी भईन, उनले त्यति बेला देखिनै डान्स सिक्न थालिन । किशोरावस्थामा पुग्दा उनले डान्स सिकाउन थालिसकेकी थिईन् ।

माधुरीले ‘अबोध’ नाम फिल्मबाट बलिउडमा पाइला टेकेकी हुन् । यो सन् १९८४ को कुरा हो । तर उनको यो फिल्मले खासै कमाल गर्न सकेन । जसले गर्दा उनले करियरको सुरुवातमा निकै अड्चन खेप्नु पर्यो ।

तर १९८८ मा विनोद खन्नासँग अभिनय गरिएको ‘दयावान’ फिल्मले तहल्का मच्चायो । उनले यो फिल्ममा विनोद खन्नलाई किस गरेको सिनले निकै चर्चा पायो । उनको धेरै आलोचना पनि भएको थियो ।

त्यतिबेला उनले आफूले यो सिन नदिएको भए पनि हुन्थ्यो भन्ने विचार अभिव्यक्त गरेकी पनि थिइन् । माधुरीले बलिउडमा आफूलाई स्थापित गराउन निकै संघर्ष गरिरहिन् ।

जब उनले ‘तेजाब’ फिल्ममा अभिनय गरिन् त्यस पछि बल्ल उनको करियरले फड्को मार्यो । यो फिल्म उनको लागि ‘टर्निङ पोइन्ट’ नै बन्यो । यो फिल्मको ‘एक दो तीन … ’आज पनि उतिकै हिट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *