मोदीको सत्कारमा जनकपुरमा मात्रै सात करोड २० लाख खर्च

Share it with you friends

काठमाडौं ३ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च भएको छ । जनकपुरबाटै राजकीय भ्रमण सुरु गरेका मोदीले त्यहाँ चार घन्टा बिताएका थिए । प्रदेश २ को मुख्यमन्त्री कार्यालयले तयार पारेको खर्च विवरणअनुसार मोदीको स्वागत, मञ्च निर्माण, सरसफाइ, जनपरिचालन, सुरक्षा र प्रचारप्रसारमा ७ करोड २० लाख खर्च भएको छ ।

मुख्यमन्त्रीको कार्यालयले मोदीको सत्कारमा भएको खर्च व्यहोर्न प्रदेश सरकारसँग बजेट अभाव रहेकाले ७ करोड २० लाख स्वीकृत गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव गरेको छ ।

मञ्च निर्माणमा मात्रै २ करोड खर्च
मुख्यमन्त्रीको कार्यालयले भारतीय दूतावास र सुरक्षाकर्मीको निर्देशनमा भारतीय व्यवसायीबाटै मञ्च निर्माण भएको जनाएको छ । भारतीय सुरक्षाकर्मीको निर्देशनमा बाह्रबिघाको ठूलो मैदानमा पन्डाल निर्माण गर्नुपरेको र यो बनाउने जिम्मा पनि भारतीय व्यवसायीलाई नै दिएको बताइएको छ । मुख्यमन्त्रीको कार्यालयले मञ्च निर्माणका लागि मात्र दुई करोड खर्च भएको दाबी गरेको छ । तर, भ्रमण व्यवस्थापनमा साढे ७ करोड खर्च भएको पुष्टि हुने बिल भने पेस गरेको छैन ।

‘बाह्रबिघाको ठूलो क्षेत्रफलमा भारतीय राजदूतावास तथा सुरक्षाकर्मीको सुझाबका आधारमा विशेष किसिमको पन्डालसहितको मञ्च तयार गर्नुपरेको प्रधानमन्त्री कार्यालयमा पेस गरिएको पत्रमा उल्लेख छ ।

सरसफाइमा साढे २ करोड
मोदीको भ्रमणलाई लक्षित गरी भएको सरसफाइ, स्वागत तथा भौतिक संरचना मर्मत–सुधारमा २ करोड ५० लाख खर्च भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । ‘भमणअघि जनकपुर निकै फोहोर रहेकाले सरसफाइ गर्नुपरेको र भत्किएका भवन मर्मतसम्भार तथा सडकका खाल्डाखुल्डी पुर्दा २ करोड ५० लाख खर्च भएको छ,’ प्रधानमन्त्री कार्यालयमा पेस गरेको डकुमेन्टमा उल्लेख छ ।

जनपरिचालनमा १ करोड
मोदीको भ्रमणसँग सम्बन्धित कार्यक्रममा जनपरिचालनमा मात्रै एक करोड खर्च भएको मुख्यमन्त्रीको कार्यालयको दाबी छ । भ्रमणका क्रममा मोदीका लागि गरिएको नागरिक अभिनन्दन तथा उनको स्वागतका लागि प्रदेशअन्तर्गतका आठ जिल्लाबाट सर्वसाधारण ल्याइएको र उनीहरूका लागि यातायात, खाजा, खानाजस्ता व्यवस्थापनमा एक करोड खर्च भएको जनाइएको छ ।

सुरक्षामा ६० लाख
प्रदेश सरकारले सुरक्षाकर्मीको खानापानी तथा अन्य लजिस्टिक सपोर्टका लागि ५० लाख खर्च भएको जनाएको छ । यस्तै लजिस्टिक सपोर्टकै अर्को शीर्षकमा थप १० लाख खर्च भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रचारप्रसारमा १ करोड १० लाख
मोदीको जनकपुर भ्रमणको प्रचारप्रसार, तुल–ब्यानर, दुवै देशको प्रधानमन्त्रीको फोटो र झन्डा छपाइलगायतमा १ करोड १० लाख खर्च गरेको दाबी पेस गरिएको छ । नयाँपत्रिका दैनिकमा खवर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 12 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 13 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 21 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 22 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते