महानगरमै पुरुष पनि हिंसाको शिकारमा, परे ३ वटा उजुरी

Share it with you friends

विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिका भित्रै पुरुष पनि महिलाहरुबाट हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ । विराटनगर महानगपालिकाको न्यायिक सेवा समितिमा महिलामाथिको हिंसा मात्र नभई पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थालेका हुन ।

अहिलेसम्म पुरुषमाथिको हिंसाका तीन वटा उजुरीहरु न्यायिक समितिमा परेका छन । महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीको संयोजकत्वमा बनेको न्यायिक सेवा समितिले सेवा प्रदान गर्न थालेपछि हाल सम्म ९० भन्दा वढी उजुरीहरु आएका छन । समितिमा सम्वन्ध विच्छेद ,घरेलुु हिंसा, जग्गा विवाद, पुुरुष तथा महिला हिंसा साथै झैझगडा लगायतका उजुुरी आउने गरेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो । उपप्रमुख कार्कीले हालसम्म घर निकाला गरेको भनेर पुरुषहरु माथिको हिंसामा तीनवटा उजुुरी परेको जानकारी समेत दिनु भयो ।

महानगरपालिकामा परेका उजुरीहरुलाई सम्भव भएसम्म न्यायिक समितिले मिलाउने प्रयास गर्ने र नमिलेका मुद्धाहरु अदालत पठाउने गरेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो । प्रमाणका आधारमा मात्र नभएर व्यवहारिक पक्षको आधारमा पनि जनताको प्रतिनिधि भएर मुद्दा मिलाइने गरेको उपप्रमुख कार्कीको भनाई छ । विराटनगर महानगरपालिकाले केही महिना अघि मात्र न्यायिक इजलासबाट सहज र सुलभ सेवा दिनको लागि न्यायिक इजलासकोसेवा सुरु गरेको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते