विमान दुर्घटना : सयभन्दा बढीको मृत्यु
एजेन्सी, ५ जेठ । क्युबाको राजधानी हवानामा विमान दुर्घटना भएको छ । सो दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको बताइएको छ ।
सरकारी विमान सेवा कम्पनीको उक्त बोइङ विमान हवानाको होजे मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित १ सय १६ जना यात्रु सवार थिए ।
उक्त विमान मेक्सिकोको कम्पनीसँग भाडामा लिएर सञ्चालन गरिएको थियो ।
