केन्द्रीय सदस्य छान्न प्रचण्डलाई सकस, ५ घण्टाको बसाईमा पनि टुंगिएन नाम

Share it with you friends

काठमाडौं, ६ जेठ ।  तत्कालीन माओवादी केन्द्रका नेताहरुलाई नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य छान्न सकस परेको छ ।

शनिबार  प्रचण्ड, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापाबीच भएको पाँच घन्टा लामो छलफलले पनि केन्द्रिय सदस्यको नामावली टुंगो लगाउन सकेन । यसबारे आज पनि छलफल गर्ने तयारी भएको स्रोतले बतायो  ।

नवगठित नेकपाको ४४१ केन्द्रीय समितीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता रहने सहमति भएको छ । २०० जना सदस्य रहेको  तत्कालिन नेकपा एमालेको केन्द्रीय समितीमा अहिले ४५ जना थप हुने भएका छन् ।  ४५ जनाको नाम तयार भएको  बताइएको छ ।

तर माओवादी केन्द्रमा भने केन्द्रीय सदस्यको संख्या ४ हजारभन्दा बढी  भएकाले  संगठन भद्रगोलको अवस्थामा रहेको एक नेताले बताए । केन्द्रीय सदस्य नै धेरै भएकाले अहिले कसलाई राख्ने कसलाई हटाउने  निर्णय लिन कठिन भएको नेताहरुले बताएका छन् ।

केन्द्रीय सदस्यको नामावली टंगो लागेपछि मात्रै स्थायी कमिटीमा रहने १८ जनाको सूचीलाई अन्तिम रुप दिइने  एक नेताले बताए ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 14 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 15 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 26 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 23 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते