हरेक दिनको अण्डा सेवन, भाग्छ स्वास्थ्यको टेन्सन

Share it with you friends

एजेन्सी । हरेक दिन अण्डा खानु स्वास्थ्यमा लागि निकै फाइदाजनक हुने अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुले दिनको एउटा अण्डा खाए हृदय रोगको जोखिम पनि कम हुने बताएका छन् । चीनमा १० लाख भन्दा बढी मानिसमा गरिएको अनुसन्धानबाट दिनको एउटा अण्डा खाने व्यक्तिमा हृदय रोगको जोखिम १८ प्रतिशत कम देखिएको अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुले स्वस्थ जीवनका लागि अण्डा खान पनि सुझाव दिएका छन् । तर अण्डा धेरै खाएमा भने फाइदा नभई हानी हुन सक्ने उनीहरुले बताएका छन् ।


अनुसन्धानका क्रममा दिनको एउटा अण्डा खाने भन्दा नखाने व्यक्तिमा हृदय रोका कारण ज्यान जान सक्ने जोखिम १८ प्रतिशत बढी देखिएको हो ।
चिकित्सकले दैनिक खानामा अण्डालाई पनि सामेल गराउन सल्लाह गरेका छन् । बेलायतको डाइटिशियन डाक्टर फ्रेन्की फिलिप्सले एक दिनमा एक वा दुई वटा मात्र अण्डा खान सुझाव दिएका छन् ।


तर प्रोटिन धेरै हुने खानेकुरा जस्तै अण्डा एकै दिन धेरै खाँदा मिर्गौलामा असर पर्न सक्ने उनले बताएका छन् ।
यस्तै चिकित्सकले टुटेको वा फुटेको अण्डा खरिद नगर्न पनि सल्लाह दिएका छन् । फुटेका अण्डमामा फोहोर र ब्याक्टेरिया हुने खतरा धेरै हुने उनले बताएका छन् ।
यस्तै अण्डा दुई महिना भन्दा पुरोनो स्वास्थ्यका लागि फाइदाजनक नहुने पनि भनिएको छ । अण्डा ताजा छ की छैन भनेर थाहा पाउन चिसो पानीमा डुबाएर थाहा पाउन सकिन्छ ।
यदि चिसो पानीमा अण्डा डुबे त्यो ताजा हुने र नडुबे अण्डा पुरानो भएको हुने अनुसन्धानकर्ताले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *