कुमारास्वामीले लिए मुख्यमन्त्रीको शपथ

Share it with you friends

एजेन्सी । भारतको कर्नाटकमा एचडी कुमारास्वामीले बुधबार मुख्यमन्त्री पदको शपथ लिएका छन् ।

कुमारास्वामीले मुख्य विपक्षी भारतीय राष्ट्रिय कांग्रेस पार्टी र क्षेत्रीय जनता दलको प्रमुखका रुपमा गठबन्धन सरकारको नेतृत्व गर्ने छन् ।

यसअघि, भारतीय जनता पार्टीका नेता बीएस यदियुरप्पाले मुख्यमन्त्रीको शपथ लिएको ५५ घन्टामै पदबाट राजीनामा दिएका थिए ।

गत मे १५ मा २२४ सदस्यीय विधानसभामध्ये २२२ सिटमा भएको निर्वाचनमा भारतीय जनता पार्टीले १०४ सिट जितेर सबैभन्दा ठूलो दल बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *