अन्जु पन्तको तिम्रा हजार गल्तीलाई माफ गरे मैले, सार्बजनिक
काठमाडौं, १८ जेठ । गायिका अन्जु पन्तको नयाँ गीत सार्बजनिक भएको छ । बिजया गुरुङ्गको शब्द अनि अहिलेका चर्चित संगीतकार बिनोद पछाईको संगीतमा रहेको गीत ‘तिम्रा हजार गल्तीलाई’ बोलको म्युजिक भिडियो सांगीतिक बजारमा आएको छ ।
पछिल्लो समय आफ्नो निर्देशकीय कौशलबाट दर्शकको मन जितेका निर्देशक निशान घिमिरेले भिडियोको निर्देशन गरेका हुन् । उनलाई क्यामेरामा अर्जुन तिवारीले साथ दिएका छन् भने सम्पादन बिकाश दाहालले गरेका छन् ।
भिडियोमा नायिका संचिता लुइँटेलको अभिनय देख्न सकिन्छ । संचितालाई अभिनयमा जीवन भट्टराई र बालकलाकार गीत पछाईले साथ् दिएका छन् ।
