सातै प्रदेशको बजेट आज, कुन प्रदेशको बजेट कति ?
काठमाडौं, असार १ । सातै प्रदेशका सरकारले शुक्रबार आर्थिक वर्ष २०७५÷०७६ का लागि बजेट ल्याउँदै छन् । प्रत्येक प्रदेशको संसदमा पेश गरिने बजेटमा विकास निर्माण र संरचना निर्माणमा जोड दिइएको छ ।
संघले छुट्याएको वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड र प्रदेशको आफ्नो आन्तरिक स्रोतलाई समेटेर प्रदेशहरुले बजेट ल्याउन लागेका हुन् । जनसंख्या, क्षेत्रफल, मानव विकास सूचकांक, पूर्वाधार एवं खर्च आवश्यकतालाई आधार मानेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडको आधार तय गरेको थियो ।
कर्णाली प्रदेशले २३ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । त्यस्तै प्रदेश १ को करिब ३५ अर्बको बजेटको तयारी भएको प्रदेश सरकारले जनाएको छ ।
त्यसैगरी २ नम्बर प्रदेशमा झण्डै २८ अर्बको बजेट र प्रदेश ३ मा ४० अर्ब भन्दा धेरै, प्रदेश ४ मा ३० अर्ब, प्रदेश ५ को पनि ३० अर्बको हाराहारी र ७ नम्बर प्रदेशले २६ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरको बताएका छन् ।
