धादिङका विभिन्न विद्यालयहरुमा दशैँको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न ।

Share it with you friends

भरत/राजाराम धादिङ असोज २३ । बडादशैँ २०७५ को अवसर पारेर धादिङका विभिन्न विद्यालयहरुमा विविध सांस्कृतिक कार्यक्रमहरु भएका छन । यसैविचमा धादिङ धुनिबेशी नगरपालिका वडा नंं ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा पनि शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विद्यालयले विभिन्न विधामा गरेको फुटबल प्रतियोगितामा विजेता बन्न सफल भएका खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विजयादशमी तथा शुभ दिपावली अवसरमा शुभकामना आदान प्रदान , विभिन्न रमाईलो खेल, गायन, नाटक तथा विभिन्न किसिमका नृत्यहरु प्रस्तुत गरिएको थियो ।


यसै गरी जिल्लाकै थाक्रे गाँउपालिका वडा नं. ८ मा रहेको महाङकालेश्वरी माध्यमिक विद्यालयमा पनि विद्यालयको नया भवन उद्धघाटन तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाँउपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा थाक्रे गाँउपालिकाका उपाध्यक्ष अम्विका रुपाखेती, जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङका प्रमुख नवराज खतिवडा, थाक्रे गाँउपालिकाका शिक्षा प्रमुख दुर्गा प्रसाद सिलवाल ( दिपेश ), थाक्रे गाउपालिकाका स्रोत ब्यक्ति बाबुराम नेपाल, विभिन्न वडाका प्रमुख एबम प्रतिनिधी तथा विभिन्न संघ संस्थामा कार्यरत प्रमुख एबम प्रतिनिधी हरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयमा विगत लामो समयदेखी अध्यापन गराउदैँ आउनुभएका शिक्षक द्धय विस्नुहरी सुवेदी र टेकनाथ सुवेदीलाई सम्मान तथा विदाई गरिएको थियो । दशैको अवसर पारेर राखिएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न विधामा आफ्नो कला प्रस्तुत गरेका थिए ।


त्यस्तै धादिङको धुनिबेसी नगरपालिका वडा नं. ७ मा रहेको मच्छिन्द्र माध्यमिक विद्यालयमा पनि दशैँ विशेष शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मच्छिन्द्र बालक्लब , मच्छिन्द्र जुनियर रेडक्रस सर्कल र मच्छिन्द्र माध्यमिक विद्यालयको सयूक्त आयेजनामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष बच्चुराम उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आफ्नो विभिन्न कलामार्फत क्षमता प्रर्दशन गरेका थिए । यसै विच धादिङको धुनिबेसी नगरपालिकामा जन्मिनुभएका समाजसेवी प्रल्हाद खकुरेलले विद्यालयमा कक्षा ५ मा अध्यनरत २ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नु भएको थियो । साथै उहाँले उक्त विद्यार्थीहरुलाई माध्यमिक तह सम्मको अध्यनका लागि लाग्ने सम्पूर्ण खर्च पनि ब्यहोर्ने पनि बताउनु भएको कुरा विद्यालयका शिक्षक केशब रुपाखेतीले जानकारी दिनु भयो ।


यसै विच धादिङको थाक्रे गाउपालिका वडा नं. २ मा रहेको लिलाकाली माध्यमिक विद्यालयमा पनि बडादशैँ २०७५ को अवसरमा सुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका सदस्य उर्मिला रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष राजकुमार पौडेल, समाजसेवि दिलिप पौडेल गायिका रजनी लामा लगायतको आतिथ्यता रहेको थियो । ९ ओटा गितमा ३१ जना प्रस्पिर्धीले प्रतिस्पर्धा गरेको नृत्य प्रतियोगितामा सरिता तामाङको समुह प्रथम, निर्मला तामाङको समुह द्धित्तिय, रन्जिता रिजालको समुह तृत्तिय र मनिसा तामाङको समुह सान्तवना भएको थियो । विजेता प्रथम , द्धित्तिय , तृत्तिय र सान्तवना स्थान हासिल गरेका सहभागी हरुलाई नगद रु क्रमश ३०००, २५००, २००० र १००० प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक राजन अर्यालले बताउनु भयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते